वैशाख । साताको पहिलो दिन आइतबार सेयर बजार १७.९५ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से दुई हजार दुई सय ५६ अंकमा कायम भएको छ । वैशाख १३ गतेपछि पहिलो पटक नेप्से हरियो देखिएको हो ।

कुल १ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । ५ कम्पनीको मूल्य स्थिर रहँदा एक सय ३६ कम्पनीको बढ्यो भने ५२ को घट्यो ।
बैंकिङ उपसमूह २.५ अंक घट्यो भने माइक्रोफाइनान्सको गिरावट ०.०३ अंकमा सीमित रह्यो । विकास बैंक एक सय ८, फाइनान्स ५३, होटल तथा पर्यटन ७१, जलविद्युत् ६६, जीवन बीमा ३८, उत्पादन ११, निर्जीवन बीमा ९, अन्य ३५ र ब्यापार उपसमूह ४ अंक बढ्यो ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया