जनताले गठबन्धन होइन विकास चाहेका छन्ः पोख्रेल

देश स्थानीय तह निर्वाचन २०७९ को पूर्वसन्ध्यामा छ । वैशाख ३० गते निर्वाचनका लागि तयारी तिव्र रहेको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्र राप्ती गाउँपालिकामा पनि निर्वाचनको माहौलसँगै निर्वाचन तयारी तिव्र छ । यसै सन्दर्भमा मुख्य प्रतिष्पर्धी दल नेकपा एमाले शसक्त रुपमा चुनावी अभियानमा लागेको छ । नेकपा एमालेबाट राप्ती गाउँपालिकाको अध्यक्षमा जगत प्रसाद पोख्रेल चुनावी मैदानमा रहेका छन् । १३ वर्ष राप्ती उद्योग वाणिज्य संघको नेतृत्व गर्दै विभिन्न संघसंस्थामा काम गरी सकेका पोख्रेलसँग चुनावी अभियानका विषयमा ‘हाम्रो लुम्बिनी न्युज” का प्रधान सम्पादक बासुदेव न्यौपानेले गर्नु भएको विशेष कुराकानीः

 

नेकपा एमालेको तर्फबाट राप्ती गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनु भएको छ, मतदाताले कसरी चिन्ने जगत पोख्रेललाई ?

राप्ती गाउँपालिको अध्यक्षको उम्मेदवारी दिनु पुर्व मैले १३ वर्ष राप्ती उद्योग वाणिज्य संघको नेत्रृत्व गरे । खानेपानी, विद्यालय, सहकारी साथै विभिन्न क्षेत्रमा करीव २५ वर्ष काम गर्दै समाज सेवामा लागेको छु । मैले मेरो पेशा र व्यवसाय सँगसँगै विभिन्न संघसस्था सञ्चालन गदैैगर्दा सफल बनाएको छु । त्यसैले जनाताले राम्रोसँग बुझ्नु भएको छ जगतले विगतमा के कस्ता कार्य अगाडी बढाएको छ भन्ने । मेरो भिजन देख्नु भएको छ ।

निर्वाचन प्रचार–प्रसारलाई कसरी अगाडी बढाउनु भएको छ ?

स्थानीय तह निर्वाचन हाम्रो संघारमै आएको छ । त्यसैले निर्वाचन लक्षित प्रचार प्रसारलाई तिव्रता दिएका छौं । पहिलो चरणको घरदैलो अभियानको अन्तिम चरणमा पुगेका छौ्र । सकेसम्म सबै मतदाताकालाई समेट्न सबै मतदाताको घरमा पुग्ने प्रयास गरिरहेका छौ । त्यसैगरी मतदाताहरुलाई सबै वडाहरुमा प्रशिक्षण दिने काम भइरहेको छ । कसरी सुरक्षितरुपमा मत बदर नहुनेगरी मत खसाल्न सकिन्छ भन्ने विषयलाई विशेष जोड दिएका छौं ।

घरदैलो अभियान चलाउँदै गर्दा मतदातामा कस्तो किसिमको उत्साह पाउनु भएको छ ?

मतदाताहरु पहिला निरास थिए । उनीहरुले अपेक्ष गरे अनुसारको जनताको न्युनतम आवस्यकताहरु पुरा गर्न सकेका थिएनन् । पछिल्लो चरण नेकपा एमाले चुनावी मैदानमा जादैगर्दा एक किसिमको उनीहरुमा उत्साह देखिएको छ । एमालेका उम्मेदवारहरुले जनताको पक्षमा काम गर्नुहुन्छ भन्ने विश्वासका साथ हामीलाई साथ दिनु भएकोछ । यसबाट के देखिन्छ भने यस पटक राप्ती गाँउपालिकामा एमालेलाई साथ दिएर विकासका आमुल परिवर्तन ल्याउनु पर्छ भन्ने चाहान पाएका छौं । जुन हामीले निरास हुन दिने छैनौ ।


मतदातामा के कस्ता एजेण्डा लिएर जानुभएको छ ?

लुम्बिनि प्रदेशको राजधानी घोषण भएको क्षेत्र भएकाले पनि राप्ती गाउँपालिमा सञ्चालन हुने योजनाहरु महत्वपूर्ण हुने छन् । लुम्बिनि प्रदेश पूर्वाधार विकास प्राधिकरणले सम्पन्न गरेको गुरुयोजना कार्यान्वयनमा ल्याउनका लागि हाम्रो प्रमुख जिम्मेवारी रहेको छ । यसलाई कस्तो बनाउने हाम्रो काधमा रहेको छ । त्यसैले यसलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउने पहल गर्ने छौ ।

यसैगरी हाम्रो मुख्य एजेण्डा नै स्वास्थ्यमा केन्द्रित रहेन । सामान्य उपचारका लागि पनि बाहिरी जिल्ला जानु पर्ने वाध्यता रहेको छ । गरिवीको रेखा मुनी रहेका व्यक्तिहरु स्वास्थ्यको पहुचबाट टाढा रहेका छन् । उनिहरुलाई स्वास्थ्यको पहुँचमा पुर्याउन सकियो भने ज्याला मजदुरी गर्ने, किसान, सामान्य आय श्रोत भएका नागरिक अकालमा मृत्यु हुने कारण र पैसा अभावमा नेपालगंज र बुटवलबाट सेवा लिन जानु पर्ने वाध्यताको अन्त्य गर्ने छौ । यस्ता व्यक्तिहरुलाई स्वास्थ्यको पहुँच पुर्याउने हाम्रो प्रमुख एजेण्डा रहेका छन् ।

यसैगरी शिक्षा तर्फ हामीले प्राविधिक शिक्षामा बढी जोड दिने छौं । साथै उच्च शिक्षा हासिल गर्न कलेजहरुको व्यवस्थापन गर्ने छौं । जसका कारण निम्म आय श्रोत भएका विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुन नपरोस् । महङ्गा कलेजमा बढ्नु पर्ने बाध्यताको अन्त्य गर्ने छौं ।
आम समुदायको चासोको विषय रहेको फोहोर व्यवस्थापनलाई पनि हामी मुख्य एजेण्डाका रुपमा लिएका छौ । जसका कारण बजार क्षेत्रमा मात्र नभइ गाँउमा समेत यसको समस्या श्रृजना भएको छ । त्यसैले फोहोर व्यवस्थापनालाई वैज्ञानिक ढंगबाट यसको समस्या समाधान गर्दै राप्ती गाँउपालिकालाई एउटा सुन्दर शहरको रुपमा विकास गर्ने कल्पना गरेका छौ । धार्मिक तथा कला साँस्कृतिक पहिचानसहितको मगर तथा थारु होमस्टेसञ्चालन गर्ने छौं ।

त्यसैगरी किसानका लागि समयमै मल र विउविजन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछु । साथै किसानले उत्पादन गरेका तरकारीलाई पायक पर्ने स्थानमा कृषि संकलन केन्द्र स्थापना गरी उत्पादित तरकारीलाई बजारसम्म पुर्याउन स्थानीय निकायबाट पहल गर्ने छौ ।

माओवादी र जनमोर्चाको गठवन्धन रहेको छ, यसले कस्तो प्रभाव पर्छ ?

पार्टी को को लडे भन्ने कुरा होइन । किन भने विगतदेखि पटक पटक निर्वाचनमा मतदाताले मत दिदै आएका छन् । यस्ता गठवन्धन विगतमा पनि हुदै आएका छन् र भोलीका दिनमा पनि हुनेछन् । तर अहिले मतदातादहरु संक्षम, सवल र धेरै कुरा बुझ्नु भएको छ । यसवाट स्पष्ट हुन्छ जनताले गठबन्धन चाहेका छैनन् । विकास र समाजलाई रुपान्तरण चाहेका छन् । योग्य व्यक्ति चाहेका छन् ।

अन्त्यमा मतदातालाई के भन्न चाहनुहुन्छ ?

हामीले घोषण पत्रमा समावेश गरेका कुराहरु ५ वर्षमा सम्पन्न गर्ने छौं । मतदाताले जुन किसिमको विश्वास गर्नु भएको छ उहाँहरुको आशालाई हामीले निरास हुने दिने छैनौ । एमालेको सरकारले केही गर्छ भन्ने आशा र भरोसा गर्नुभएको छ । त्यसलाई पूर्ण विश्वसताका साथ पुरा गर्ने छौ भन्ने प्रतिवद्धता व्यक्त गर्दै सुर्य चिन्नमा मत दिइ विजय गराउन हाद्धिक अनुरोध गर्दछु ।

तपाईको प्रतिक्रिया