आलोक भावुक,
गढवा । गढवा गाउँपालिकाका प्रमुख यमनरायण शर्मा पोख्रेल डेंङ्गु संक्रमित भएका छन् ।

बुधबार पालिका प्रमुख शर्मालाई उच्च ज्वरो आएको थियो । औषधी खादा समेत ज्वरो कम नभए पछी चेकजाँच गर्दा डेङ्गु संक्रमित पुष्टि भएको गढवा गाउँपालिकाले जनाएको छ ।
शुक्रबार भने ज्वरो केही कम भएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताए ।
रगत परीक्षण गर्दा सामान्य देखिएको छ, ज्वरो आउने र टाउको दुख्ने समस्यापछि पालिका प्रमुख शर्मालाई उनकै घरमै उपचार भैरहेको र अवस्था सामान्य रहेको गढवा स्वास्थ्य चौकीका मेडिकल अफिसर केदार अधिकारीले जानकारी दिएका छन् ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया