भारतलाई हराउँदै नेपाल छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश

 

 

काठमाडौं । भारतलाई हराउँदै नेपाल छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा आज भएको दोस्रो सेमिफाइनलमा नेपालले १–० को जित दर्ता गरेको हो ।

नेपाललाई साफ इतिहासमा भारतमाथि पहिलो जित दिलाउने क्रममा रश्मिकुमारी घिसिङले निर्णायक गोल गरिन् ।

नेपाल पाँचौ पटक फाइनलमा पुग्दा भारत पहिलो पटक फाइनल पुग्न सकेन । नेपालले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता लिएको थियो । घिसिङले गोल गर्दै नेपाललाई अघि बढाइन् । उनले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रभित्र संयमित भएर नियन्त्रणमा लिँदै गोल गरिन् ।

तपाईको प्रतिक्रिया