कृषि ज्ञान केन्द्र दाङमा सूचना अधिकारी हुनुहुन्छ, मनोज कुरमा सिंह। सूचना अधिकारीसँग खास गरेर कार्यालयबाट हुने गरेका सम्पूर्ण गतिविधिको जानकारी हुनुपर्ने हो। जुन सूचना अधिकारीको काम कर्तव्य र अधिकारभित्र पनि पर्छ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ६ (१) मा आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्नुपर्ने दायित्व सूचना अधिकारीमा हुनुपर्ने उल्लेख छ तर, दाङको कृषि ज्ञान केन्द्रमा रहेका सूचना अधिकारी सिंहसँग कार्यालयको कामकार्वाही बारेको सूचना नै छैन। सूचना अधिकारीको काम, कर्तव्य र अधिकारभित्र सम्भव भएसम्म सूचना अधिकारीले आफ्नो कार्यालयको सम्बन्धित सूचना २० वर्ष अघिसम्मको राख्नुपर्ने भन्ने छ।
ज्ञान केन्द्रका सूचना अधिकारीसँग २० वर्ष पहिलेको त कुरा परै छ। हाल भइरहेको गतिविधिका बारेमा समेत जानकारी छैन। सूचना अधिकारी सिंहले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ६ (१) मा रहेको दायित्व र काम, कर्तव्य र अधिकारको खिल्ली उडाउँदै कुनै सूचना राख्न सक्नुभएको छैन।
यसले कृषि ज्ञान केन्द्र दाङको काम कस्तो छ भन्ने छर्लङ्ग देखाइदिएको छ। प्रदेश अन्तरगत रहेको ज्ञानकेन्द्रमा भइसकेको कामहरुकोसमेत सूचना अधिकारीलाई थाहा छैन भने अरुको अवस्था कस्तो छ होला भन्ने प्रश्न उठेको छ।

तपाईको प्रतिक्रिया