लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियानः रोटरी क्लव राप्तीद्वारा सर्वोदय मा वि सिसहनियामा सम्पन्न

 

 

देउखुरी । पछिल्लो समय युवा वर्गमा लागुऔषध सेवन विकराल बन्दै गएको छ । यस तर्फ समयमै सचेत नहुनु हो भने धेरै जसो युवा लागुऔषध दुव्र्यसनीमा पर्ने निश्चित जस्तै भएको छ । विशेषगरी कक्षा ८ देखी १२ कक्षाका विद्यार्थीहरुमा लागुपदार्थ सेवन गर्नेको संख्या वृद्धि भइरहेको छ ।

युवाहरु लागुऔषध दुव्र्यसनिमा फस्दै गएपछि यसको रोकथामका लागि रोटरी क्लव अफ राप्तीले अभियान नै चलाएर जनचेतना कार्यक्रम गर्दै आएको छ ।

सोही अवसरमा दाङको राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियामा अवस्थित श्री सर्वोदय माध्यमिक विद्यालयमा रोटरी क्लव अफ राप्तीले लागुपदार्थ दुव्र्यसन सम्बन्धी विद्यालय शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

रोटरी क्लव अफ राप्तीको आयोजना, लागुऔषध दुव्यर्सन रोकथाम अभियान नेपालको प्राविधिक सहयोगमा अभियान सुरु भएको हो । क्लवका अध्यक्ष बासुदेव न्यौपानको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आथित्यतामा सर्वोदय माध्यमिक विद्यालय सिसहनियामा कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत करिव तिन सय ५० जना विद्यार्थीहरुलाई लागुऔषध दुव्र्यसन सम्बन्धी शिक्षा दिएको छ ।

लागुऔषध दुव्र्यसन सम्बन्धी शिक्षा कार्यक्रममा बोल्दै पालिका अध्यक्ष प्रकाश विष्टले एक खिल्ली चुरोटले ११ मिनेट आयु घटाउने बताउदै लागुऔषध दुव्र्यसनी शिक्षा कार्यक्रममा सिकेका कुरा आफुमा मात्र लागु नगरी आफ्ना अभिभावकलाई पनि जानकारी गराउन अनुरोध गर्नुभयो । सुर्ती, गुट्काका सेवनले कम उमेरमै प्राण घातक रोग क्यान्सर लागिरहेको छ, त्यसैले यस्ता रोगहरुबाट बच्न पनि विद्याथीहरुले दैनिक जिवनमा पनि लागु गर्नुपर्नेमा जोड दिनुभयो ।

स्कुले विद्यार्थीहरुमा लागुपदार्थ सेवनको लत बस्न थालेपछी विद्यार्थीलाई केन्द्रित गरेर रोटरीले सचेतना अभियान सुरु गरिएको हो । रोटरी वर्ष २०२३/२०२४को वार्षिक कार्ययोजना अनुसार क्लवले राप्ती गाउँपालिका भित्र रहेका विद्यालयमा हरेक महिना एक विद्यालयमा लागुपदार्थ दुव्र्यसन नियन्त्रणको लागी विद्यालय कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बर्षभरीमा १२ वटा विद्यालयमा लागुऔषध दुव्र्यसन सम्बन्धी विद्यालय शिक्षा कार्यक्रम गरिने कार्यतालिका रहेको रोटरी क्लव अफ राप्तीका वर्ष २०२३/२०२४ का अध्यक्ष बासुदेव न्यौपानले जानकारी दिनुभयो । ‘स्कुले विद्यार्थीमा दुव्र्यसनको लत बस्न थाल्यो । यो गम्भिर चुनौती हो’ उहाँले भन्नुभयो, ‘विद्यार्थीलाई दुव्र्यसनबाट टाढा राख्नैपर्छ । यसका लागी हामीले विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरेका छौं ।’

कक्षा ८ देखि १२ कक्षासम्म अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गर्दै सो कार्यक्रम सुरु गरेको रोटरी क्लव अफ राप्तीका अध्यक्ष न्यौपानले जानकारी दिनुभयो । ‘हरेक महिना एक विद्यालय अन्तरगत१२ विद्यालयमा लागुऔषध दुव्र्यसन सम्बन्धी शिक्षा लागु गर्ने छौं’,अध्यक्ष न्यौपानेले भन्नुभयो,‘जनचेतना फैलाउने अभियानमा सबैको साथ सहयोगको खाँचो छ ।’

लागुऔषध दुव्यर्सन रोकथाम अभियान नेपाल लुम्बिनी प्रदेशका संयोजक तथा नार्कोनन् नेपाल लुम्बिनीका अध्यक्ष बसन्त बहादुर पुन मगरले प्रशिक्षण दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया