जगत खनाल
देउखुरी । राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१र८२ देखि लागू गर्न खोजेको सम्पत्ति कर छलफल बिना तत्काल लागू गर्न नहुनेमा राप्तीका दल एकमत भएका छन् ।

आज नेकपा एमाले राप्ती गाउँ कमिटिको पहलामा राप्ती उद्योग बाणिज्य संघको कार्यालय भालुबाङ्ममा भएको सर्वदलीय छलफलले सो निष्कर्ष निकालेको हो । नेकपा एमाले राप्ती गाउँ कमिटी अध्यक्ष मदन अधिकारीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा राप्तीका क्रियाशिल राजनीति दलको सहभागीता रहेको थियो ।
राप्ती गाउँपालिकाले राप्ती गाउँपालिकाको आर्थिक विधेयक २०८१ मार्फत सम्पती कर लगाउन खोजेको छ । व्यापक छलफल र मापदण्ड बिना सम्पत्ति कर लगाउन नहुने सहभागी दलका प्रतिनिधिले बताएका छन । उक्त छलफल बाट निकालिएको निष्कर्षमा भनिएको छ दीर्घकालीन असर हुने गरि व्यापक छलफल बिना सम्पत्ति कर र दर रेट लगाउन नहुने भन्दै पालिकामा व्यापक छलफल गर्न पालिका लाई अनुरोध गर्ने निर्णय गरेका छन ।
उक्त छलफलमा नेपाली काङ्ग्रेसका नेता हरि भुसाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष बाबुराम थापा, माओवादी केन्द्रका अध्यक्ष नारायण शर्मा , राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति दोर्ण जिसि, राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष सुरज खड्का लगायतको उपस्तिथि रहेको थियो ।
नेकपा एमाले दाङ जिल्ला सदस्य पुष्पराज अधिकारीले बिषय प्रवेश गराउनु भएको थियो भने पार्टी सचिब भरतमणी न्यौपानेले सहजीकरण गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया