
बासुदेव न्यौपाने
देउखुरी । होटल पौवाले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा देशभर रहेका शाखाहरुमा ‘स्वाद उत्सव’ आयोजना गर्ने भएको छ ।
होटल पौवा भालुवाङले आज एक पत्रकार सम्मेलनको आयोजना गदैं पौवाका सम्पूर्ण शाखाहरुमा चैत्र २६ देखि २८ गतेसम्म ‘स्वाद उत्सव’ आयोजना गर्न लागिएको जनाएको छ ।
नेपाली स्वाद, नेपाली आतिथ्यता र नेपाली परिकारलाई देश विदेशमा ब्राण्डिङ गर्ने लक्ष्य लिएर सेवा दिदै आएको होटल पौवाले १० औं वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरुमा ‘स्वाद उत्सव’ आयोजना गर्न लागिएको होटल पौवाका भालुवाङका जनरल म्यानेजर श्याम न्यौपानेले जानकारी दिए ।

बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म संचालन हुने ‘स्वाद उत्सव’ का लागि देशभरका शाखारुबाट ४० हजारभन्दा बढी निमन्त्रणापत्र वितरण गरिको पौवाले जनाएको छ ।
‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली आतिथ्य सहितको सेवा दिदै आएको पौवाले निकट भविष्यमै १०० शाखा बनाउने लक्ष्यसहित २० शाखा रहेको छ । होटल पौवाले नेपाल मै रोजगारी सिर्जना गरी युवा जनशक्ति पलायन रोक्ने लक्ष्य लिएर अघि बढेको छ । पौवामा हाल झण्डै एक हजार भन्दा बढी कर्मचारी कार्यरत रहेका न्यौपानेले जानकारी दिए ।
साथै नेपालीहरुको विभिन्न चाडपर्वलाई विशेष बनाउँदै आएको पौवाले नेपालीहरुको नयाँ वर्षको स्वागत गर्ने विशेष कार्यक्रम समेत आयोजना गर्ने जनाएको छ । नयाँ वर्षलाई विशेष पर्वका रुपमा मनाउने लक्ष्यका साथ लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा रहेको होटल पौवा बाट नयाँ वर्षको पूर्वसंध्यामा विविध सांगितीक कार्यक्रम गर्ने तयारी गरिएको छ । पौवाले नेपालीहरुले वर्षौंदेखि मनाउँदै आएको चैत्र मसान्तमा पुरानो साललाई विदाई र नयाँ सालको स्वागत गर्ने गरि कार्यक्रम तय गरिएको छ ।

नयाँ वर्ष २०८३ को शुभारम्भका अवसरमा होटलले चैत्र ३० गते साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत सांस्कृतिक कार्यक्रम गर्ने होटल पौवा भालुवाङका जनरल म्यानेजर श्याम न्यौपानेले जानकारी दिए । कार्यक्रममा गायक बद्री पंगेनी, गायिका बसन्ती चौधरी, जानकी तारकी मगर र गायिका तथा उद्घोषिका कल्पना कुसुमको विशेष प्रस्तुती रहने न्यौपानेले बताए । उक्त बृहत सांस्कृतिक कार्यक्रम गायीका गायिका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहनेछ । कार्यक्रममा प्रवेश निःशुल्क रहेको होटलले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया