रोटरी क्लव राप्तीको चौथो स्थापना दिवसः अग्नी पिडितहरुलाई राहत सामाग्री प्रदान

 

 

देउखुरी । रोटरी क्लव अफ राप्तीले अग्नी पिडितहरुलाई राहत सामाग्री उपलब्ध गराएको छ ।

प्युठानको ऐरावती गाउँपालिका वडा नं. १ छेडाघाटका अग्नी पिडितहरुलाई शनिवार राहत सामाग्री प्रदान गरिएको हो । राहात सामाग्री स्वरुप अक्वा बक्स तथा स्टेसनरी सामाग्री प्रदान गरिएको रोटरी क्लव अफ राप्तीका अध्यक्ष गोपाल आचार्यले बताउनु भयो ।

रोटरी क्लव अफ राप्तीको चौथो वार्षिकोत्सवको अवसर पारेर रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ अन्तरगत रोटर क्लव अफ काठमाडौं सर्कलबाट प्राप्त अक्वा बक्स र क्लवको तर्फबाट स्टेसनरी सामाग्री समेत सहयोग गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । गत चैत २१ गते आगलागी हुदा ८ घर र १४ गोठ पूर्णरुमा जलेर नष्ट भएका थिए ।

रोटरी क्लव अफ राप्तीले उक्त सामाग्री वडा नं. १ का वडा सदस्य टिकाराम आचार्यको रोहबरमा अग्नी पिडीतहरुलाई प्रदान गरेको हो ।

राहात सामाग्री लिएर रोटरी क्लव अफ राप्तीका अध्यक्ष गोपाल आचार्य, सस्थापक अध्यक्ष बासुदेव न्यौपाने, निवर्तमान अध्यक्ष तपराज आचार्य, निर्वाचित अध्यक्ष बसन्त गिरी, प्रस्तावित अध्यक्ष मोहन आचार्य र सचिव दोर्णप्रसाद आचार्य प्युठानको छेडाघाट गाउँ पुगेका थिए ।

चौथो स्थापना दिवस सम्पन्न

रोटरी क्लव अफ राप्तीले आफ्नो चौथो स्थापना दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको छ । विहान प्युठानका अग्नी पिडितहरुलाई राहात सामाग्री वितरण सम्पन्न गरी बेलुका एक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव सम्पन्न गरेको छ ।

साथै क्लवले स्थापना दिवसको समेत अवसर पारेर नयाँ वर्ष २०८३ सालको टेवल क्यालेन्डर समेत विमोचन गरेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया