
बुटवल । सहकारीमा आवद्ध भएका कृषकहरुले सहुलियतम मल पाउने भएका छन । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध भएका कृषकहरुले सहुलियतमा मल पाउने भएका सहकारीका अध्यक्ष बालकृष्ण पाण्डेयले बताए ।
हाम्रो बहुउद्देश्यीय सहकारी संस्था र ग्रो मोर फर्टिलाईजर एण्ड केमिकल प्रालि बिच भएको सम्झौता अनुसार कृषकहरुले सहुलियतमा मल पाउने अध्यक्ष पाण्डेयले जानकारी दिए।
बुटवल उपमहानगरपालिका वडा नं. ११, कालिकानगर रुपन्देहीमा प्रधान कार्यालय रहेको हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. र रोहिणी गाँउपालिका वडा नं. ४, रुपन्देहीमा रहेको ग्रो मोर फर्टिलाईजर एण्ड केमिकल प्राली बिच एक कार्यक्रमको आयोजना गरी सम्झौता भएको हो ।
सम्झौता पत्रमा सहकारी संस्थाका तर्फबाट अध्यक्ष बालकृष्ण पाण्डेय तथा सो कम्पनीका तर्फबाट अध्यक्ष सिद्धार्थ अग्रवालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्रो मोर फर्टिलाईजर एण्ड केमिकल कम्पनीबाट उत्पादित जैविक मल सहकारी संस्थाका कृषक सदस्यहरुलाई बिक्री बितरण गरिने छ ।
सहकारी संस्थाका सदस्यहरु प्रत्यक्ष रुपमा लाभान्वित भई आफ्नो कृषिजन्य उत्पादन बृद्धि गर्न सक्ने जानकारी कम्पनीका अध्यक्ष सिद्धार्थ अग्रवालले बताए ।

सहकारी संस्थाको लुम्बिनी प्रदेशको ६ जिल्ला नवलपरासी, रुपन्देङ्गहीको कालिकानगर, कपिलवस्तुको चन्रौटा, दाङ्गको भालुवाङ्ग र घोराही, बाँकेको नेपालगंज, बर्दिया कार्यक्षेत्र र १ प्रधान कार्यालय सहित ५ सदस्य सेवा केन्द्र सञ्चालनमा रहेको छ ।
संस्थामा हाल १५ सय ७ सदस्यहरु आवद्ध रहेका छन ।

तपाईको प्रतिक्रिया