होटल पौवा भालुवाङमा नयाँ वर्ष २०८३ साँझ हुँदै, बद्री पंगेनी, जानकी तारकी मगर र बसन्ती चौधरीको प्रस्तुति रहने

देउखुरी । नेपालीहरुको विभिन्न चाडपर्वलाई विशेष बनाउँदै आएको पौवाले नेपालीहरुको नयाँ वर्षको स्वागत गर्ने विशेष कार्यक्रम गर्न गईरहेको छ । नयाँ वर्षलाई विशेष पर्वका रुपमा मनाउने लक्ष्यका साथ लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा रहेको होटल पौवा बाट नयाँ वर्षको पूर्वसंध्यामा विविध सांगितीक कार्यक्रम गर्ने तयारी गरिएको छ । पौवाले नेपालीहरुले वर्षौंदेखि मनाउँदै आएको चैत्र मसान्तमा पुरानो साललाई विदाई र नयाँ सालको स्वागत गर्ने गरि कार्यक्रम तय गरिएको छ ।

 

नयाँ वर्ष २०८३ को शुभारम्भका अवसरमा होटलले चैत्र ३० गते साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत सांस्कृतिक कार्यक्रम गर्ने होटल पौवा भालुवाङका म्यानेजर श्याम न्यौपानेले जानकारी दिए । कार्यक्रममा गायक बद्री पंगेनी, गायिका बसन्ती चौधरी, जानकी तारकी मगर र गायिका तथा उद्घोषिका कल्पना कुसुमको विशेष प्रस्तुती रहने न्यौपानेले बताए । उक्त बृहत सांस्कृतिक कार्यक्रम गायीका गायिका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहनेछ । कार्यक्रममा प्रवेश निःशुल्क रहेको होटलले जानकारी दिएको छ ।

‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली आतिथ्य सहितको सेवा दिने उद्देश्यले देशभर शाखा विस्तारमा गरिरहेको पौवाले नयाँ वर्षको अवसरमा होटल पौवाका अन्य शाखामा पनि साँस्कृतिक कार्यक्रम आयोजना हुने होटल पौवा प्रालिका ब्राण्ड म्यानेजर विष्णु भण्डारीले जानकारी दिए । भालुवाङसँगै रुपन्देहीको बुटवल र भैरहवा, दाङ घोराही , नेपालगंजमा रहेका शाखामा पनि ३० गते नै सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको भण्डारीले बताए । निकट भविष्यमै १०० शाखा बनाउने लक्ष्य लिएको होटल पौवाको अहिले देशभर १७ शाखा रहेको उनले जानकारी दिए ।

होटल पौवाको शाखाहरु कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, लुम्बिनी प्रदेशमा दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिंगे, रुपन्देहीको योगीकुटी, भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुंगामा रहेको छ । गण्डकी प्रदेशको पोखरा र चितवनामा होटलले शाखा विस्तार गरिसकेको छ । बागमती प्रदेशमा काठमाडौंको गौशाला, सिन्धुलीको मुलकोट र चितवनको भरतपुरमा पौवाको शाखा छ । कोशी प्रदेशमा खोटाङको हलेसीमा यसले सेवा विस्तार गरेको छ । छिट्टै बाँकेको नेपालगन्जमा पाँच तारे स्तरको होटल पौवा सञ्चालनको तयारीमा रहेको भण्डारीले बताए ।

होटल पौवाले नेपाल मै रोजगारी सिर्जना गरी युवा जनशक्ति पलायन रोक्ने लक्ष्य लिएर अघि बढेको अधिकृत गौतमले सुनाए । होटलको अर्को उद्देश्य भनेको रैथाने खाना र नेपाली मौलिक परम्परा जोगाउनु रहेको उनले बताए । सोही अनुरुप होटलले नेपालीहरुले परम्परादेखि मनाउँदै आएको चाडपर्वमा विशेष कार्यक्रम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया