ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

दाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही तुलसीपुर सडक खण्डअन्तरगत घोराही उपमहानगरपालिका वडा नं १४ कपासीमा रा १ त ३३७० नं.को ट्याक्टर दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा घोराही १० उत्तर अम्राईका २२ वर्षीय सुदन चौधरी रहेका छन् । विग्रीएको रा १ त ३३७० नं.को ट्याक्टरलाई रा १ त ४६११ नं.को अर्को ट्याक्टरले सर्राबाट मर्मतका लागि अटोभिलेज तर्फ लैजाने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

बुधबार विहान १० २५ बजे अटो भिलेजतर्फ ल्याउने क्रममा तार चुडिएर विग्रीएको ट्याक्टर सडक छेउमा रहेको खाडलमा खसेको थियो । ट्याकटर खडलमा खस्दा उक्त ट्याक्टरमा बसेका चौधरी गम्भीर घाइते भएका थिए । उनको राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता रिजालले बताउनुभयो ।

ट्याक्टर र ट्याक्टर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच घोराही तुलसीपुर सडकखण्ड मर्मत गर्ने भन्दै सडक छेउमा पारिएको खाडलले दुर्घटना निम्त्याएको छ । चालु आर्थिक वर्षमा मात्र यस सडकखण्डमा सवारी सधान दुर्घटनामा परी २३ जनाको मृत्यु भएको छ ।

सकड निर्माणको जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य ईन्जिनियरिङ एण्ड ईन्फ्रा प्रोजेक्टले सडक निर्माणको जिम्मा पाएको ३ वर्षकोबीचमा काम भने ८ प्रतिशत बढी हुन सकेको छैन । सडक निर्माणको समयावधि भने यहि बैशाख अन्तिममा सकिदैछ ।

सडक निर्माणमा चरम लापर्वाही हुँदा नागरिले निकै सास्ती पाइरहेका छन् ।

लेखकको बारेमा

तपाईको प्रतिक्रिया