
लुम्बिनी प्रदेशकी बिनाविभागीय मन्त्री कृष्णा केसी(नमुना)ले पदबाट राजीनामा दिएकी छन्। नेकपा माओवादी केन्द्रका तर्फबाट उनि मन्त्री बनेकी थिइन् ।
मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएको बताइए पनि राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मत हालेर अन्तर्घात गरेको उजुरी पछि राजीनामा दिएको बुझिएको छ।
यही माघ २५ भएको राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार कुमार दसौदीलाई मतदान नगरी कांग्रेसलाई सघाएको उजुरी परेपछि उनीमाथि पार्टीले छानबिन गरेको थियो।
उजुरीपछि छानबिन गर्दा उनले कांग्रेसका उम्मेदवारलाई मत हालेको पाइएपछि राजीनामा दिन लगाएको बताइएको छ । गत पुस २८ गते केसीले बिनाविभागीय मन्त्रीका रुपमा शपथग्रहण गरेकी थिइन्।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया