बासुदेव न्यौपाने
देउखुरी । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिका वडा नं. २ लालमटियाको गिद्ध संरक्षण स्थलमा रहेको गिद्ध अवलोकन केन्द्रमा कार्यपालिकाको बैठक बस्ने बताएका छन् ।

अध्यक्ष विष्टको सकृयातामा गतहप्ता गिद्धको आहारा स्थल सरसफाइ अभियाना क्रममा अध्यक्ष विष्टले गिद्ध अवलोक गर्ने स्थललाई व्यवस्थित रुपमा अगाडी बडाउन र यसलाई लुम्बिनी प्रदेशकैै अध्ययन अव केन्द्रको रुपमा विकास गर्ने बताएका हुन् ।
गिद्ध अवलोकन केन्द्रमा रहेको भ्यु टावरको सर्मत संभार गरी कार्यपालिका बैठक बस्ने तयारी भइरहेको छ । ‘जिर्ण बन्दै गएको टावरको मर्मत गरी अब बस्ने कार्यपालिकाको बैठक गिद्ध अवलोकन केन्द्रमा गर्ने छौ’ अध्यक्ष विष्टले भने, ‘गिद्ध संरक्षण केन्द्रलाई प्रदेशको अध्ययन अवलोकन केन्द्रको रुपमा विकास गर्ने योजना रहेको छ ।’

‘वातावरणलाई सन्तुलन राख्न गिद्ध चाहिन्छ । यसका लागी गिद्धको बासस्थानको संरक्षण र आहारा स्थलको सरसफाई गरेका हौं’ अध्यक्ष बिष्टले भने,‘प्रकृतिको कुचिकार गिद्ध लोप हुदै जाँदा वातावरणमा समेत असन्तुलन हुन सक्छ । त्यसैले गिद्धलाई संरक्षण गर्ने अभियानमा निरन्तर लागीरहनु पर्ने छ ।’
दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियामा २०६५ सालबाट सुरु भएको गिद्ध संरक्षण अभियान अहिले पनि निरन्तर चलिरहेको छ । गिद्धको बासस्थान नासिदै जाँदा र आहाराको अभाव हुदा गिद्ध लोप हुन थालेको अवस्थामा यहाँ संरक्षण थालिएको थियो । पशु बृद्धाश्रम तथा जटायु रेष्टुरेन्ट नाम दिएर संरक्षण अभियान अघि बढेको थियो । अहिले पशु बृद्धाश्रममा ७० वटा गाई गोरु रहेका छन् । तिनीहरुको मृत्यु भएमा गिद्धको आहारका रुपमा प्रयोग गरिदै आएको छ । जसको संरक्षण कालिका सामुदायिक वन उपभोक्ता समितिले गर्दै आएको छ ।

गिद्धलाई प्राकृतिक कुचिकारको रुपमा हेरिन्छ । सिनो खाई हाम्रो वातावरण प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिएको हो । तर पछिल्लो समयको यसको बासस्थानका कारण लोप हुने अबस्थामा पुगेको छ । वातावरण प्रदूषण, दुर्गन्ध र रोग मुक्त बनाउन गिद्धको भूमिका अहम् छ ।

तपाईको प्रतिक्रिया