निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाद्वारा बिमा क्षतिपूर्ति रकम हस्तान्तरण

ओमप्रकाश गुप्ता
देउखुरी । दाङको एक लघुवित्त वित्तीय संस्थाले मृतक परिवारलाई बिमा क्षतिपूर्ति रकम प्रदान गरेको छ ।

 

राप्ती गाउँपालिका वडा नम्बर ८ मा रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय सिसहनियाँले शुक्रबार लमही नगरपालिका ३ उत्तर फल्कापुरमा संस्थाले गठन गरेको फल्कापुर महिला समुहकी सदस्य स्वर्गीय चम्फी चौधरीको परिवारलाई बिमा क्षतिपूर्ति प्रदान गरेको हो ।

शाखा प्रमुख नेपाल चौधरीको अध्यक्षता एवम् लमही नगरपालिका वडा नम्बर ३ का वडा सदस्य सुमन अधिकारीको प्रमुख आतिथ्यतामा मृतक चम्फी चौधरीको श्रीमान तुल्सीराम चौधरीलाई ३ लाख ५० हजार कर्जा लिएकोमा कर्जाको १७२.०२ प्रतिशतले हुन आउने ६ लाख २ हजार ७० रूपैयाँ बिमा वाफतको क्षतिपूर्ति रकम हस्तान्तरण हो ।

सो रकम शाखा प्रमुख नेपाल चौधरीले स्वर्गीय चम्फीका श्रीमान् तुल्सीराम चौधरीलाई हस्तान्तरण गरेका थिए । स्वर्गीय चम्फी चौधरीको २०८१ साल वैशाख ६ गते ५२ वर्षको उमेरमा क्यान्सरबाट निधन भएको थियो ।

 

तपाईको प्रतिक्रिया