दाङमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

दाङ । धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा नेपाली सेनाका एक जवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

तुलसीपुर उपहानगरपालिका ६ लुङ्ग्री टोलमा बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले श्रीमती २७ वर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा निन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, दाङका प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।

शुक्रबार बिहान सवा ८ बजेतिर बुढाथोकीले श्रीमतीको हत्यापछि सोही खुकुरी लिएर फरार भएका थिए।

इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले आरोपित व्यक्ति खुकुरी हातमा समाएर गएको भन्ने सूचनाका आधारमा खोजी गरेको जानकारी दिए।

घटनास्थलदेखि करिब एक किलोमिटर परबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

नेपाली सेनामा कार्यरत बुढाथोकी शान्तिसेनामा गएर हालसालै फर्किएको खुलेको प्रहरीले जनाएको छ। बिहान परपरुष सँग आपत्तिजनक अवस्थामा भेटेपछि खुकुरी प्रहार गरीको प्रहरीले जनाएको छ । बुढाथोकीले श्रीमतीसँगै भेटिएका आर्यन थापामाथी पनि खुकुरी प्रहार गरेका थिए । उनको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था पनि गम्भीर रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया