राप्ती नदिमा डुबेर बराखुट्टिका एक व्यक्तिको मृत्यु

महेश रिजाल
देउखुरी । राप्ती नदिमा डुबेर एक जनाको मृत्यु भएको छ ।

 

नदिमा डुबेर मृत्यु हुनेमा राप्ती गाउँपालिका २ बराखुट्टि निवासी ४० बर्षिय सन बहादुर पुन रहेको इलाका प्रहरी कार्यालय भालुवाङ्गले जानकारी दिएको छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा न ८ बडिदमारमा रहेको राप्ती नदिमा जालहानि माछा मार्ने क्रममा एक्कासि नदिमा डुब्दा पुनको मत्यु भएको हो । माछा मार्ने समयमा नदिमा बेपत्ता भएका पुनको शव करिब ५० मिटर पर नदिले बगाएर किनारमा फालेको अवस्थामा भेटिएको मृतकका भिनाजु राम बहादुर घर्ती मगरले बताएको प्रहरीले जानकारी दिएको छ ।

मृतक पुनको शव पोष्टमार्टमका लागि लमही अस्पताल पुर्‍याइएको समेत प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया