
देउखुरी । जनजिविका बचत तथा ऋण सहकारी संस्था ली.को अध्यक्षमा पुनः जीवराज शर्मा चयन भएका छन् ।
राप्ती गाउँपालिका वडा नं. १ पुल्चोकमा कार्यालय रहेको जनजिविका बचत तथा ऋण सहकारी संस्थाको १२ औ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा पुनः शर्मा चयन भएका हुन् । शर्माको अध्यक्षतामा ९ कार्यसमिति समेत सर्वसम्मत चयन भएका छन् । जसको उपाध्यक्षमा कृष्णा पाण्डे सुवेदी, सचिवमा गिरिराज पौडेल, कोषाध्यक्षमा जगत प्रसाद अधिकारी चयन भएका छन् । त्यसैगरी सदस्यमा घमानसिंह रावत, माधा अधिकारी, विष्णु प्रसाद पोख्रेल, विन्दु पौडेल र तुलसीराम पौडेल रहेका छन् ।
अधिवेशनले बसन्तराज भट्टराईको संयोजकत्वमा बासुदेव न्यौपाने र गोविन्द कुमाल सदस्य रहनेगरी लेखा सुपेरिवेक्षण समिति समेत चयन गरेको छ ।
संस्थाका अध्यक्ष जीवराज शर्माको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यतामा १२ औ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको हो । सभामा प्रमुख अतिधि चौधरी, भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्षm हसत बहादुर गुरुङ, रामजगदी सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष डिल्लीराज सुवेदी लगायतका बक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सभामा वार्षिक प्रगति प्रतिवेदन सचिव गिरीराज पौडेल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष जगत प्रसाद अधिकारी र लेखा प्रतिवेदन लेखा समिति संयोजक बसन्तराज भट्टराईले प्रस्तुत गरेका थिए । उपाध्यक्ष कृष्णा पाण्डे सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव गिरीराज पौेडेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया