सिकार खेल्न गएकाे बेला गाेलि लागेर एक जनाकाे मृत्यु, दुई नावालक सहित ८ जना पक्राउ

दाङ । दाङमा सिकार खेल्न गएकाे क्रममा गाेलि लागेर एक जनाकाे मृत्यु भएको छ ।
                                
बंगलाचुली गाउँपालिका-८ रानिखुट्टीकाे जंगलमा सिकार खेल्न गएकाे क्रममा आफैले बाेकेकाे बन्दुक पट्किदा लमही-१ बसन्तपुर निवासी २३ बर्षिय कालुराम घर्तिमरकाे मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख पुष्पराज थापाले जानकारी दिए ।

 

`सिकर खेल्न बारुद भरिएको बन्दुक भिरेर लस्करै हिडेकाे बेला पट्किएकाे बुझिएकाे छ । गाेलि लागेर एक जनाकाे मृत्यु भयाे´उनले भने-`घटनाको अनुसन्धान थालेका छाैं । सिकार खेल्न गएका सबैलाई नियन्त्रणमा लिएका छाैं ।´ शुक्रबार दिउँसो करिब १२ बजेकाे घटना हाे । प्रहरी घटनास्थलमा अपराह्न पुगेकाे थियाे ।

सिकार खेल्न चार नाल भरुवा बन्दुक सहित पुगेका थिए । जस मध्य एक जनाकाे मृत्यु भयाे । बाँकी ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना नाबालक छन ।

प्रहरीले लमही-१ बसन्तपुर निवासी ४० बर्षिय जीवलाल घर्तिमर, साेही ठाउँका ४५ बर्षिय बुद्धिमान घर्तिमगर, ५० बर्षिय ओमबहादुर घर्तिमगर,२८ बर्षिय मृतकका दाइ मिनबहादुर घर्तिमगर, दिलबहादुर घर्तिमगर र खगेन्द्र घर्तिमगरलाई पक्राउ गरिएको छ । कञ्चटमुनि घाँटिमा गाेलि लागेकाे अवस्थामा शव फेला परेकाे छ । उनकाे घटनास्थलमा मृत्यु भएको थियाे ।

तपाईको प्रतिक्रिया