रोटरी क्लव अफ राप्तीद्वारा विद्यालय झोला तथा शैक्षिक सामाग्री हस्तान्तरण

देउखुरी । राप्ती गाउँपालिका वडा नं. ९ मा अवस्थित श्री भद्राक्षी देवी प्राथमिक विद्यालय शितलडाँडामा कक्षा ५ मा अध्ययनरत आकाश वलीको अनुहारमा व्यग्लै हर्ष छाएको थियो । सायद उनले विद्यालय जीवनमा पहिलो पटक विद्यालयको झोला बोकेका थिए ।

 

वली मात्र होइन त्यस विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीहरुमा खुसी छाएको थियो । रोटरी क्लव अफ राप्तीले विद्यार्थीहरुलाई विद्यालय झोला तथा स्टेशनरी सामाग्री सहयोग प्रदान गरेपछिको खुसी थियो ।

क्लवले राप्ती गाउँपालिका वडा नं. ९ मा अवस्थित श्री भद्राक्षी देवी प्राथमिक विद्यालय शितलडाँडाका विद्यार्थीहरुलाई झोला तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेको ।

क्लवका अध्यक्ष गोपाल आचार्यको अध्यक्षता तथा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिनामणी वलीकोे प्रमुख आतिथ्यतामा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनामणी वलीले यस विद्यालयमा सहयोग गरेकोमा रोटरी क्लव अफ राप्तीलाई विशेष धन्यवाद दिदै आगामी वर्षमा पनि यसरी नै सहयोगकको अपेक्षा रहेको बताए । ‘पिछडीयको विद्यालय भएर होला हालसम्म कसैले पनि सहयोग गरेका थिएन’ अध्यक्ष वलीले भने ‘यस विद्यालयमा पहिलो पटक रोटरी क्लव राप्तीले सहयोग गरेकोमा धन्यवाद ।’

रोटरी वर्ष २०२५/०२६ को वार्षिक कार्ययोजना अनुसार उक्त विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीहरुलाई झोला, कपि, पेन्सिललगायतका शैक्षिक सामाग्री सहयोग गरिएको रोटरी क्लव अफ राप्तीका संस्थापक अध्यक्ष तथा वर्ष २०२५/०२६ का सर्भिस प्रोजेक्ट चेयर बासुदेव न्यौपानेले बताए । उनले भने ‘उक्त विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न रहेका हुदा यस वर्ष श्री भद्राक्षी देवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेका छौं ।’

त्यसैगरी क्लवका अध्यक्ष गोपाल आचार्यले आगामी वर्षहरुमा पनि यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष आचार्यले विद्यार्थीहरुलाई प्रदान गरिएको झोला तथा सम्पूर्ण शैक्षिक सामाग्री क्लवका सदस्य डा. शंकरनाथ योगीले सहयोग गर्नुभएकोमा धन्यवाद समेत प्रदान गरेको छ ।

उक्त शैक्षिक सामाग्री वितरण कार्यक्रममा क्लवका अध्यक्ष गोपाल आचार्यसहित संस्थापक अध्यक्ष बासुदेव न्यौपाने, निवर्तमान अध्यक्ष तपराज आचार्य, क्लव व्यवस्थापक पिताम्बर रोकाय, सदस्यहरु डा. शंकरनाथ योगी, बसन्त बहादुर पुन मगर, कमल केसी, विद्यालयका प्रध्यानाध्यापक बलदेव खनाल, विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजिकरण रोटरी क्लव आफ राप्तीका सचिव दोर्णप्रसाद आचार्यले गरेका थिए ।

तपाईको प्रतिक्रिया