हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको शाखा भालुवाङमा

दाङ । हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । सहकारीले तेस्रो शाखाको रुपमा दाङको राप्ती गाउँपालिका वडा नं १ भालुवाङमा संस्थाको तेस्रो सेवा केन्द्रको रुपमा कार्यालय स्थापना गरि सेवा शुभारम्भ गरेको छ ।

 

आज एक कार्यक्रमको आयोजना गरी राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले सहकारीको उद्घाटन गरेका छन् ।

बुटवल उपमहानगरपालिका –११, कलिकानगर, रुपन्देहीमा प्रधान कार्यालय रहेको यस हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको परिकल्पना स्वरुप बिभिन्न स्थान, पेशा व्यवसायी, समाज सेवी, बुद्धिजिवि र लामो समय देखि वित्तिय सेवामा अनुभव भएका व्यक्तिहरुको चाहना स्वरुप स्थापना भएको सहकारी संस्था रहेको संस्थाका अध्यक्ष बालकृष्ण पाण्डेले बताए ।

एक सय ४५ जना प्रारम्भिक शेयर सदस्यहरुको संयुक्त लगानीबाट रु दश करोड जारी पुँजी रहेको यस सहकारी प्रदेश सरकार सहकारी ऐन २०७६ बमोजिम लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा दर्ता भई बुटवल–११, कालिकानगर, रुपन्देहीबाट बचत संक्लनको साथै ऋण लगानी तथा लघुवित्त सेवा प्रदान गर्दै आईरहेको अध्यक्ष पाण्डेले जानकारी दिए ।

यस संस्थाको कार्यक्षेत्र लुम्बिनी प्रदेशको तराईका ६ जिल्ला (नवलपरासी सुस्ता पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया) रहेको छ । आवस्यकता अनुसार लुम्विनी प्रदेशका स्वीकृती प्राप्त जिल्लाहरुमा सेवा केन्द्र बिस्तार गर्दै लैजाने लक्ष्य संस्थाको रहेको छ ।

संस्थाले बैसाख २५ गतेदेखि दोस्रो सेवा केन्द्रको रुपमा कपिलवस्तुको चन्रौटामा सेवा विस्तार गरिसकेको छ ।

तपाईको प्रतिक्रिया