काठमाडौ । नेपाल आयल निगमले बिहिबार राति १२ बजेबाट लागू हुने गरी डिजेल र मट्टितेलको भाउ बढाएको छ। निगमले बिहिबार एक प्रेस विज्ञप्ति जारी गरेर मूल्य वृद्धिको जानकारी दिएको छ।

विज्ञप्तिमा जनाइएअनुसार डिजेल र मट्टितेलको साविक मूल्य रू. १७२ मा रू. ६ बढाएर १७८ पुर्याएको छ। इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले बढ्नासाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।
डिजेल र मट्टितेलको मूल्य बढे पनि पेट्रोल, हवाई इन्धन र एपी ग्यासको मुल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया