
लमही । लमही नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृत देवेन्द्रप्रसाद श्रेष्ठलाई स्वागत गरिएको छ । शुक्रबार लमही नगरपालिकाले एक कार्यक्रमको आयोजनागरी हालै सरुवा भएर आएका श्रेष्ठलाई स्वागत गरिएको हो ।
नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी वडा अध्यक्ष तथा कर्मचारीले अविर, फुलमाला तथा खादा ओढाएर स्वागत गरेका छन् । नगर प्रमुख चौधरीले प्रमुख प्रशासकिय अधिकृतले जनप्रतिनिधिलाई सघाउने र उनले आफुहरुलाई राम्रो सल्लाह सुझाव प्रदान गर्न आग्रह गरे ।
उपप्रमुख लक्ष्मी योगीले नगरपालिकालाई शुसासन र पारदर्शीताको लागी भूमिका खेल्न आग्रह गरिन् । प्रमुख प्रशासकिय अधिकृत देवेन्द्रप्रसाद श्रेष्ठले नीति, विधि र प्रक्रियालाई नमिचेर सफल रुपमा गुणस्तरीय काम गर्ने आफ्नो जिम्मेवारी रहने बताए ।
कार्यक्रममा पत्रकारको तर्फबाट केपी घिमिरे, वडा नं २ का वडा अध्यक्ष नेपालु चौधरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
शिक्षा शाखा प्रमुद रविन्द्र क्षत्रीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रशासन अधिकृत महेश थापा ठेडीले गरेका थिए ।

तपाईको प्रतिक्रिया