देउखुरी । पराल बोकेको ट्याक्टरबाट खसेर दाङको देउखुरीमा १ जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका ५ लठ्ठहवा निवासी अन्दाजी ४० वर्षिय गरिवु चौधरीको शनिबार राती करिव ९ बजेको समयमा ट्याक्टरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
पराल लोड गरेको ट्याक्टरको डोरी खोलेर पराल झार्ने क्रममा चौधरी ट्याक्टरबाटखसेका थिए । खसेर गम्भीर घाइते भएका चाैधरीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
मृतक चौधरीलाई पोष्ट मार्टमका लागि लमही अस्पताल लगिएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया