लुम्बिनी प्रदेशका मुख्यमन्त्री सहित ९ जना मन्त्री काठमाण्डौं केन्द्रित भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका सबै मन्त्रीहरु संग छलफल गर्ने कार्यक्रम तय भएपछि मुख्यमन्त्री चेतनारायण आचार्य सहित सबै मन्त्रि काठमाण्डौं पुगिसकेका छन्।

प्रधानमन्त्रीले लुम्बिनी प्रदेश प्रदेशका मुख्यमन्त्री र मन्त्रिहरुसंग छलफल राखेको सहरी विकास तथा खानेपानी मन्त्रि सरोज थापा(रोज)ले बताए।‘प्रधानमन्त्री ज्यूले छलफल गर्ने भनेपछी हामी सबै मन्त्री काठमाण्डौंमा छौं’उनले भने,‘संघीयता कार्यान्वयन र विकासलाई गति दिने बिषयमा प्रधानमन्त्रीले केही निर्देशनात्मक कुराहरु राख्ने कार्यक्रम तय भएको बुझेका छौं।’
मुख्यमन्त्री आचार्य र आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की २२ गतेनै काठमाण्डौं पुगिसकेका थिए। उनिहरुले त्यहाँ राजनीतिक भेटघाट पनि गरे। प्रधानमन्त्रीले बाँकी मन्त्रीहरुलाई पनि बोलाएर छलफल गर्ने भनेपछि अन्य मन्त्री पनि काठमाण्डौं पुगिसकेका छन्।
प्रदेशको समीक्षा बैठकमा व्यस्त केही मन्त्रि पनि काठमाण्डौं पुगेको पाइएको छ। वन तथा वातावारण मन्त्री बादशाह कुर्मीले आफु काठमाण्डौं पुगिसकेको बताए।
बुधवार र बिहिवार वन मन्त्रालयको समीक्षा कार्यक्रम लमहीमा थियो। त्यो कार्यक्रमको बसाई छोट्याएर कुर्मी काठमाण्डौं पुगेका हुन। लुम्बिनी प्रदेशमा एमालेका मुख्यमन्त्री सहित पाँच र कांग्रेसका चार जना मन्त्रि छन्।

तपाईको प्रतिक्रिया