देउखुरी । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले पदबाट राजीनामा दिएका छन्।

तिमिल्सेनाले लुम्बिनी प्रदेशका कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष साउन २१ गते राजीनामा बुझाएका हुन्।
चौधरीले तिमिल्सेनालाई २०७९ फागुन १३ गते प्रमुख सचेतकमा नियुक्त गरेका थिए। पार्टीभित्रको असन्तुष्टिपछि उनले राजीनामा दिएको बताइएको छ।
तिमिल्सेनाले भने पार्टीभित्रको असन्तुष्टि नभई आफ्नै व्यक्तिगत व्यस्तताले प्रमुख सचेतकबाट राजीनामा दिएको बताए।
राजीनामा दिएसँगै उनले आफूले प्रयोग गर्दै आएको लु १ झ १३०५ नम्बरको गाडी प्रदेशसभालाई फिर्ता गरेका छन्।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया