अर्घाखाँचीमा श्रीमानबाटै श्रीमतीको हत्या

अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाँडा कटेरीमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् ।

 

शुक्रबार दिउँसो डाँडा कटेरीका २७ वर्षीय कमल भुसालले २७ वर्षीया श्रीमती सरु भट्टराई भुसालको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

श्रीमतीको घाँटी च्यापी हत्या गरेपछि भूसालले ईलाका प्रहरी कार्यालय खनमा पुगेर घटना बारे जानकारी गराउँदै आत्मसमर्पण गरेका थिए ।

भुसालले प्रहरीलाई दिएको बयान अनुसार श्रीमतीसँगै दाउरा काट्न जँगल गएको समयमा आफुले कम्मरमा बाँधेको गम्छाले श्रीमतीका घाँटी कसेर हत्या गरेका थिए ।

प्रहरीले घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया