रोटरी क्लब अफ राप्तीद्वारा प्युठानको माझिदमार सामुदायिक स्वास्थ्य ईकाइलाई सामाग्री सहयोग

 

 

प्युठानको ऐरावती गाउँपालिका–१ स्थित माझिदमार सामुदायिक स्वास्थ्य ईकाइलाई रोटरी क्लब अफ राप्तीले करिब ७५ हजार रुपैयाँ बराबरका सामाग्री हस्तान्तरण गरेको छ ।

क्लबका अध्यक्ष गोपाल आचार्यले शनिवार स्वास्थ्य ईकाइका सदस्य मान बहादुर दमाइ र ईकाइका प्रमुख खेमराज आचार्यलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

शनिवार एक कार्यक्रमका बिच स्वास्थ्य ईकाइललाई डेलिभरी बेड, सोलार प्यानल र फिल्टर हस्तान्तरण गरिएको रोटरी क्वल अफ राप्तीका संस्थापक अध्यक्ष तथा सर्भिस प्रोजेक्ट चेयर बासुदेव न्यौपानेले जानकारी दिनु भयो ।

उक्त स्वास्थ्य ईकाइमा डेलिभरी बेडको समस्या तथा रातको समयमा बत्ती जाने जस्ता समस्याका कारण मोवाईल बालेर सुत्केरी गराउनु पर्ने वाध्यात्मक अवस्था रहेको थियो । सामाग्री हस्तान्तरण सँगै अव थप प्रभावकारी बन्नुका साथै सुत्केरीहरुलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको क्लवका अध्यक्ष गोपाल आचार्यले बताउनु भयो ।

स्वास्थ्य ईकाइका सदस्य मान बहादुर दमाइले सामाग्री ग्रहण गदै स्वास्थ्य ईकाइको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

सामग्री हस्तान्तरण कार्यक्रममा क्लवका अध्यक्ष गोपाल आचार्यसहित संस्थापक अध्यक्ष बासुदेव न्यौपाने, निर्माचित अध्यक्ष बसन्त गिरी, प्रस्तावित अध्यक्ष मोहन आचार्य, उपाध्यक्ष हिमानन्द पाण्डे, सचिव दोर्ण प्रसाद आचार्य, पिताम्बर रोका, बिजुला केसी, अन्जना पोख्र्रेल, कमल केसी, अनिल केसी लगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया