माओवादी केन्द्रका पूर्व दाङ ईञ्चार्ज जीवन गौतम एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्र दाङका पूर्व इन्चार्ज एवं केन्द्रीय सदस्य जीवन गौतम नेकपा एमाले प्रवेश गरेका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा प्रवेश गराएका हुन् ।

 

स्थानीय तहको निर्वाचनअघि उनले पार्टी परित्याग गरेका थिए । उनी घोराही उपमहानगरपालिकाको मेयरको मुख्य दावेदार थिए । उनलाई उम्मेदवार बनाउने सम्भावना नभएपछि पार्टी छाडेको घोषणा गरेका थिए ।

गौतम २०७४ को स्थानीय निर्वाचनमा घोराही उपमहानगरपालिकाका एमालेका उम्मेदवार नरुलाल चौधरीसँग पराजित भएका थिए ।

गौतमले तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका सल्लाहकारका रुपमा लामो समय काम गरेका थिए ।

तपाईको प्रतिक्रिया