माैरीघाटबाट मोटरसाइकल चोरी गर्ने तीन बालक पक्राउ

दाङ । मोटरसाइकल चोरी गरेको आरोपमा दाङबाट ३ जना बालक पक्राउ परेका छन् । पक्राउ परेका बालकहरूको नाम र ठेगाना प्रहरीले गोप्य राखेको छ ।

 

गत असार १ गते राती १ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ८ जुरपानी निवासी टेकबहादुर केसीको  रा ३ प ५०६५ नम्बरको मोटरसाइकल घरमा पार्किङ गरि राखेको अवस्थामा चोरी भएको थियो ।
हराएको मोटरसाइकल खोजतलासका लागि इलाका प्रहरी कार्यालय भालुवाङमा मौखिक जानकारी दिए लगत्तै तत्काल प्रहरी निरिक्षक सुजनविक्रम शाह सहितको प्रहरी टोलीले  खोजतलास गर्ने क्रममा सो मोटरसाइकल  फेला पारेका हुन् । माेटरसाईकल राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा ३ जना सवार भई चलाई रहेको अवस्थामा फेला पारेको थियाे ।

मोटरसाइकल फेला परे पनि फरार रहेका ती बालकलाई सोमबार प्रहरीले पक्राउ गरि मंगलबार दाङ जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरि थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया