बाँकेमा ५ देखि ११ वर्ष उमेर समूहका ७६ हजार बालबालिकालाई कोभिडविरुद्धको खोप

 

 

नेपालगञ्ज । बाँकेमा असार ९ गतेदेखि ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको फाइजर–बायोएनटेक खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार ७६ हजारभन्दा बढी बालबालिकालाई कोभिडविरुद्धको फाइजर–बायोएनटेक खोप दिन लागिएको हो ।

आइतबार बाँकेको नेपालगञ्मा स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको सहकार्य तथा स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कोभिडविरुद्धको भ्याक्सिन प्रबद्र्धन तथा कोभिड –१९ को रोकथाम नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा असार ९, १० र ११ गतेसम्म चल्ने खोप अभियानमा ७६ हजार २३९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकलपर्सन नरेश बाबु श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकामा २० हजार दुई सय ३१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ भने सबैभन्दा कम नरैनापुर गाउँपालिकामा ६ हजार तीन सय ३२ जनालाई खोप लगाउने लक्ष्य रहेको छ । खोप अभियानबारे जानकारी दिँदै श्रेष्ठले यस पटकबको खोप केन्द्र विद्यालय क्न्द्रित रहेको बताए ।

यस्तै बैजनाथ गाउँपालिकामा ८ हजार तीन ४५, डुडुवा गाउँपालिकामा ६ हजार नौ सय ८८, जानकी गाउँपालिकामा ६ हजार तीन सय ७२ जनालाई खोप लगाउने लक्ष्य छ । यस्तै कोहलपुर नगरपालिकामा १० हजार दुई सय ३१, खजुरा गाउँपालिकामा ८ हजार दुई २४ र राप्तीसोनारी गाउँपालिकामा ९ हजार दुई सय ५७ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।

त्यसैगरी स्वास्थ्य पत्रकार मञ्च नेपालकी निर्वामान अध्यक्ष कल्पना आचार्यले खोप अभियानलाई प्रभावकारी बनाउन संचारकर्मीहरुले सहि र तथ्य सूचनाहरु प्रवाह गर्न आग्रह गरिन् । उनले संचारकर्मीहरुले भ्रामक र मिथ्या समाचार सप्रेशण गर्दा त्यसको नकारात्मक असर पर्ने हुदा सहि र तथ्य सूचना प्रभाह गर्नु पर्नेमा जोड दिइन् ।

तपाईको प्रतिक्रिया