मौरीघाटमा दुइ मोटरसाइकल ठोकिदा दुई जना गम्भिर घाइते

दाङ । दाङको मौरीघाटमा दुई वटा मोटरसाईकल एक आपसमा ठोकिदा दुई जना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ गईरहेको रा ४ प ८८१७ नम्बरको मोटरसाइकल र प्रदेश २-०३-०२१ प ०७०८ नम्बरको मोटरसाइकल दिउँसो करिब ४ बजेको समयमा एक आपसमा ठोकिदा उक्त दुर्घटना भएको हो ।

 

दुर्घटनामा परी रा ४ प ८८१७ नम्बर मोटरसाइकल चालक राप्ती गाउँपालिक २, कटेसनाला निवासी वर्ष १५ का सौगात परियार र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी वर्ष २० का हरिकृष्ण कुमाल तवथा प्रदेश २-०३-०२१ प ०७०८ नम्बरका मोटरसाइकल चालक राप्ती गाउँपालिका ८ पिपरा निवासी वर्ष ३० का शुशिल चौधरी र सोहि मोटरसाइकलमा सवार सोही ठाउँ निवासी र्ष ३० कै चुडामणि चौधरी घाइते भएको प्रहरीले जानकारी दिएको छन् ।

घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । गम्भीर घाइते हुनेमा पिपराका चुडामणि चौधरी र कटेसनालाका कृष्णहरि कुमाल रहेको प्रहरीले जनाएको छ । चुडामणिको बायाँ हात र बाँया आँखामा चोट लागेको छ भने हरिकृष्णको निधार र नाकमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया