भालुवाङ । दाङको राप्ती गाउँपालिका वडा नं १ भालुवाङबाट लागू औषध (ब्राउन सुगर) सहित दुइजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ बस्ने वर्ष २८ का विशाल थापा मगर र सोही गाउँपालिकाको वडा नम्बर २ बस्ने वर्ष २३ का उज्वल सिंह रहेकाे ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिए ।
असार ३ गते बेलुका साढे ५ बजेको समयमा भालुवाङ स्थित रतन थापा मगरको घरमा लागू औषधको कारोबार हुँदैछ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरिक्षक सुजनविक्रम शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूकाे साथबाट १ ग्राम २९० मिलिग्राम लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो गिलो पदार्थ सहित प्रकाउ गरेकाे हाे ।
पक्राउ परेका दुवै जनालाई आइतबार जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया