बासुदेव न्यौपाने, दाङ । समय दिउँसो १ बजे शुक्रबार । दाङको राप्ती गाउँपालिका वडा नं १ र अर्घाखाँचीको शितगंगा नगरपालीका जोड्ने राप्तीको झोलुङ्गे पुल । स्थानीयको भिड पनि बाक्लै थियो । सबै जना राप्तीको किनारामा बसिरहेका थिए ।

एक्कासी आवाज आउछ, बचाउ बचाउ । सबै जनाको ध्यान आवाज तर्फ केन्द्रित हुन्छ । ५ जना राप्ती नदी बचाउ बचाउ भन्दै बगिरहेका थिए । सबै जना अत्तिन्छन्, कसरी बचाउने । उक्त दृष्य हेर्ने बाहेक कसैले पनि उद्दार गर्न सक्ने अवस्थामा थिएन । तर पनि उनिहरुलाई बचाउनु पर्ने थियो ।
यत्तीकैमा सशस्त्र प्रहरी आइपुग्छ । उद्दार सामाग्रीसहित उनीहरु राप्ती नदिको भेलमा होमिन्छन् । केही समयको अधक प्रयासपछि उनीहरु जिवितै उद्दार गर्न सफल हुन्छन् । नदी किनारमा ल्याएर प्राथमिक उपचार गर्दै थप उपचारका लागि रिफर गर्छन् ।

यो कुनै सत्य घटना होइन । यो त केबल विपद्बाट बच्न र बचाउनका लागि गरिएको कृतिम उद्दार अभ्यास थियो । सशस्त्र प्रहरी बल नेपाल नं २९ गड ज्वालामाई भालुवाङको समन्वयनमा सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलवस्तुको मनसुन एवम् विपद्जन्य घटनामा आधारित कृतिम घटना अभ्यासको दृष्य थियो ।

बंगलादेशबाट तालीम प्राप्त सशस्त्र प्रहरीद्धारा भविष्यमा राप्ती नदिमा आई पर्ने बाढी तथा बिपदको अवस्थामा पिडितहरुलाई तत्कालै कसरी उद्धार गर्न सकिन्छ भन्ने उदेश्यका साथ अभ्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपती एवम् सशस्त्र प्रहरी महानिरिक्षक कुलबहादुुर नेवाङ्गले बताए । उनले भने नेपालमा मनसुन सुरु हुन लागेको छ । यसले विपद निम्त्याउन सक्छ ।

मनसुनको समयमा विपद् बाजा बजाएर आउदैन । जब आउछ धनजनको क्षती पुर्याउछ । त्यसैले यस्ता किसिमको अभ्यासले भविष्यमा आई पर्ने विपद न्यूनिकरण गर्न सफल हुने भन्दै अभ्यासमा समावेश भएका सशस्त्र प्रहरीहरुलाई राप्ती गाउँपालिकाका अध्यक्ष प्रकास विष्टले धन्यवाद दिए ।

सशस्त्र प्रहरीद्धारा स्थानीय चिज वस्तुको प्रयोग गरी बनाइएको Floating Device नमुना सहित प्रदर्शन, राफ्ट बोट/मोटर बोटबाट उद्दार, झोलुङ्गे पुलबाट Slithreing बिधिद्धारा उद्दार, हाई एङ्गल रेस्क्यू, गोताखोरद्धारा खोजी तथा उद्धारको अभ्यास गरिएको थियो ।

यसैगरी असार ६ गते प्रदेश स्तरीय अभ्यास बाँके स्थित राप्ती नदिमा गरिने छ ।
अभ्यास कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का, शितगंगा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष रुकेश आले, सहायक बाहिनीपति कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिग विजय सुवेदी, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका वरिष्ठ उपाध्यक्ष बाबुराम थापा लगायतको सहभागीता रहेको थियो ।
स्थानीय चिज वस्तुको प्रयोग गरी बनाइएको Floating Device नमुना

राफ्ट बोट/मोटर बोटबाट उद्दार

झोलुङ्गे पुलबाट Slithreing बिधिद्धारा उद्दार

हाई एङ्गल रेस्क्यू

गोताखोरद्धारा खोजी तथा उद्धारको अभ्यास






तपाईको प्रतिक्रिया