लुम्बिनी प्रदेशको बजेट तयारीमा सरकार जुट्याे:मन्त्री आचार्य

देउखुरी । लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री चेतनारायण आचार्यले प्रदेशकाे समृद्धि र विकासलाई केन्द्रमा राखेर बजेटकाे तयारीमा सरकार जुट्ने बताएका छन ।

 

बिहिवार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले चालु आर्थिक बर्षकाे लागि बिनियाेजन भएको बजेट कार्यान्वयन गर्दै आगामी बर्षकाे लागि बजेट निर्माणमा सरकारले ध्यान केन्द्रित गरेकाे बताएका हुन ।`सरकारले पूर्णता पाएकाे छ । अब हाम्राे ध्यान विकास र समृद्धिमा केन्द्रीत रहने छ´उनले भने-`सरकारले जनताकाे जीविकोपार्जन बढाउनेगरी काम गर्ने छ ।´

संघीयता कार्यान्वयन र प्रदेशकाे स्थायित्वकाे लागि प्रदेश सरकारले भूमिका बढाउने बताए । लुम्बिनीमा आचार्यकाे नेतृत्वमा एमाले सरकारमा गएकाे हाे । उनी दल उपनेता हुन । आचार्य सहित पाँच जना मन्त्री एमालेका छन । चार जनाकाे जिम्मेवारी ताेकिएकाे छैन ।

तपाईको प्रतिक्रिया