लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रीकाे पहिलाे निर्णप: एकिकृत सूचना प्रणालीको स्थापना

देउखुरी । लुम्बिनी प्रदेशमा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सूचना प्रणालीलाई व्यवस्थित एवम् सुदृढ बनाउने भएको छ ।

 

नव नियुक्त स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले सरकारी अस्पतालहरुमा एकीकृत सूचना प्रणाली लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन ।

बिहिवार स्वास्थ्य मन्त्रालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गरेका पुनले एकिकृत सूचना प्रणालीको स्थापना गर्ने निर्णयमा हस्ताक्षर गरे । उनले हरेक नागरिककाे स्वास्थ्य उपचारमा पहुँच सुनिश्चित गरिने बताए । साथै प्रदेश सकार मातहतमा रहेका अस्पताल र स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउनेगरी सरकारले ध्यान दिने बताए ।

प्रदेश भित्र मातृ तथा बालमृत्यदर उच्च रहेकाे, कडा खालकाे कुपोषणकाे समस्या समाधान गर्न सबै निकाय संग समन्वयमा जाेड दिए ।

तपाईको प्रतिक्रिया