कानुन कार्यान्वयन पहिलो शर्तः मन्त्री शर्मा

दाङ – सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन हुन नसकेको स्वीकार गरेकी छन्।

 

जनताको अवस्था सुधारका लागि संविधानमा मौलिक हकहरुको व्यवस्था गरे पनि त्यसको कार्यान्वयन हुन नसक्दा जनताको अवस्था परिवर्तन हुन नसकेको मन्त्री शर्माले बताएकी हुन्।

नेपाल पत्रकार महासंघ दाङको २२ औँ साधारणसभा तथा १२ औँ अधिवेशन एंव मिडिया महोत्सवको सोमबार दाङको घोराहीमा उद्घाटन गर्दै मन्त्री शर्माले जनताको अवस्था परिवर्तनका लागि कानुन कार्यान्वयन पहिलो शर्त भएको र त्यसको कार्यान्वयनका लागि सरकार र मिडिया एक भएर अगाडि बढ्नु पर्ने बताइन्।

‘राजनीतिक व्यवस्था परिवर्तन भयो। जनताको अवस्थामा परिवर्तन आउन सकेन हामीले भनिरहेका छौँ। त्यसको स्वीकारोक्ति हामीलाई पनि भइरहेको छ,’ उनले भनिन्,’राजनीति परिवर्तन सँगसँगै जनताको अवस्थामा परिवर्तन ल्याउन कानुन कार्यान्वयलाइ जोड दिएका छौँ।’

कार्यक्रममा बोल्दै मन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताको लागि सरकार प्रतिबद्ध रहेको पनि बताइन्। अहिले राजनीतिक स्थायित्व भए पनि राजनीतिक अभिभारा पूरा गर्न बाँकी रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया