देउखुरी । दाङको देउखुरीमा पछिल्लो २४ घण्टामा २ जना मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा गढवा गाउँपालिका ३ गोवरडिया बस्ने ७० वर्षीय विरजु प्रसाद चौधरी सोही वडाको बाघटोलस्थित सडकमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी लमही नगरपालिका १ कौडिया पुल नजिकै सडकमा लमही नगरपालिका २ सोनपुर बस्ने ४१ वर्षीय फुलिराम चौधरी शनिबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया