देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन।

शुक्रबार लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको दोस्रो बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत पाएका हुन्।
पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। महराको पक्षमा ४८ खस्यो भने विपक्षमा २८ खसेको छ।
महरालाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जसपाका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसदले पक्षमा मतदान गरे। कांग्रेस, जनमत पार्टीले विपक्षमा मतदान गरे। लोसपा र राप्रपा तटस्थ बसे।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया