दाङबाट काठमाडौं जाँदै गरेको बस कालाकाटेमा दुर्घटना

 

 

देउखुरी । दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेको छ ।

०९७४ नम्बरको ब्लयु स्काइ रात्रीबस गढवा गाउँपालिका १ कालाकाटेमा दुर्घटनामा परेको हो । दुर्घटनामा ३ जना घाईते भएका छन् भने उनिहरूकाे अवस्था सामान्य रहेकाे छ ।

बसको टाईरेटगोली फुत्किदा बस अनियन्त्रित भई सडक भन्दा ५ मिटर दायाँ गञई सालको रुखमा ठोक्किदा दुर्घटना भएको गढवा इलाका प्रहरी कार्यालयकाे प्रहरी निरीक्षक नबिन वलीले जानकारी दिनुभयो। दुर्घटनामा परि घाइते भएकाहरुको राप्ती पोलिक्लिनिक पठाईको छ।

घाईते हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बस्ने बर्ष २१ की आश्ता पौडेलको दुबै हात, छाती र टाउकोमा चोट लागेको छ । त्यसैगरी वर्ष २२ को बाबुराम लामीछानेको दुबैहात र दुबै खुट्टामा चोट लागेको छ। बसमा सवार लमही नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ४८ की बबिता शाहीको ढाडमा चोटलागेकोको प्रहरी निरीक्षक वलीले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया