दाङ । दाङको घोराही स्थित कटुवाखोलाको पुलबाट कार खसेको छ । सोमबार साढे ९ बजेतिर कटुवाखोलामा खसेको प्रहरीले बताएको छ ।

बागमती प्रदेश ०१-०२८ च ९८५५ नं कार कटुवाखाेला पुलबाट तल खसेकाे हाे ।
प्रहरीका अनुसार मापसे सेवन गरेर गाडी चलाउँदा पुलमा अनियन्त्रित भएर कार खोलामा खस्दा ललितपुर महानगरपालिका–१५ बस्ने ४२ बर्षीय उज्वल केसी घाइते भएका छन् । घाइते केसीको निधार र छातीमा चोट लगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइते केसीको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । गाडीमा एक्लै भएका कारण गाडीमा क्षति भएपनि मानविय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया