भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा स्याङ्जाको गल्याङ नगरपालिका ७ घर भएका ३५ वर्षीय टिकाराम भण्डारी र उनकी श्रीमती ३१ वर्षीया अस्मिता भण्डारी, रिया वली भनिने टिका कुमारी वली रहेका छन्।
विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाईसमेत राम्रो हुने प्रलोभन देखाई नेपालबाट भारतको दिल्ली पुर्याई वेश्यावृत्तिको लागि आफैंले भाडामा लिएको अपार्टमेन्टमा राखी यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न रहेको पाइएपछि उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो।
उनीहरूलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया