जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको गढवामा समापन

 

 

आलोक भावुक

गढवा । पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को आज गढवामा समापन गरिएको छ ।

घर घरमा माओबादी जनजनमा माओवादी भन्ने मुल नाराका साथ माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि देशभरका ६ हजार ७ सय ३४ वडामा ४ महिने अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिव कृष्ण अधिकारी ‘प्रकाश’, लुम्बिनी प्रदेश सचिवालय सदस्य राम प्रसाद घिमिरे, टोप बहादुर कार्की, यमनारायण शर्मा पोख्रेल सहित नेता कार्यकर्ता गाउँगाउँमा खटेर अभियानमा कार्यक्षेत्र बनाई चार महिने अभियानलाई सफल बनाउनु भएको माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीले जनाएको छ ।

चार महिनासम्म सञ्चालित उक्त अभियानको आज गढवा गाउँपालिका कमिटी अन्तर्गतका ८ वटै वडामा बृहत् जनपरिचालन गरि पार्टीमा पछिल्लो समय देखिएको नेतृत्वपंक्ती र जनतासंगको दुरी मेटाउने प्रयास गरिएको आज सोमबार समिक्षात्मक बैठकले निष्कर्ष निकालेको लुम्बिनी प्रदेशका सचिव कृष्ण अधिकारी ‘प्रकाश’ले जानकारी दिनुभयो। चार महिने अभियानको क्रममा पार्टीको गतिविधिको समीक्षा, वर्तमान स्थिति तथा आगामी कार्ययोजनाका बारेमा स्थानीयस्तरमा जनता संग बिशेष छलफल गरेको सचिव प्रकाशले बताउनुभयो।

अभियानले जनतालाई पार्टीसँग जोडेको बताउदै टोलटोलमा कमिटी बनाउदै , निष्क्रिय कमिटी सक्रिय बनाउने जनताका समस्याहरुको पहिचान गर्ने र समाधानका लागि हर सम्भव प्रयास गर्ने प्रतिबद्धता जनतासंग अभियानको क्रममा भएकोलु म्बिनी प्रदेश सचिवालय सदस्य राम प्रसाद घिमिरेले बताउनुभयो।

समिक्षात्मक बैठकमा बोल्दै लुम्बिनी प्रदेश सचिवालय सदस्य टोप बहादुर कार्कीले विगतमा पार्टी र नेतृत्वबाट गल्ती कमजोरी भएकाले त्यसलाई स्वीकार्दै आगामी दिनमा सच्चिनका लागि अभियान सञ्चालनले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउदै विगतमा गल्ती कमजोरी लाई सुधार गर्दै अभियान पार्टी र नेता, कार्यकर्ता रुपान्तरणको अभियान भएको बताउनुभयो।

सरकारको नेतृत्व गरेको पार्टीले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार र पार्टीभित्रको समस्या तथा अन्तर्विरोधको पहिचान, नेता र कार्यकर्ता जनतासँग नपुग्ने लगायत गुनासाको प्रभावकारी समाधान खोज्नका लागि चार महिने महा अभियान सफल भएको लुम्बिनी प्रदेश सचिवालय सदस्य यम नारायण शर्मा पोख्रलले बताउनुभयो।

समिक्षात्मक बैठकमा जिल्ला समन्वय समितिका सचिव बिश्वराज आचार्य, गढवा गाउँपालिका कमिटी अध्यक्ष तिलक घिमिरे, उपाध्यक्ष देवराज यादव, विभिन्न वडा कमिटिका इन्चार्ज, अध्यक्ष लगायतको सहभागिता रहेको थियो।

माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीका अध्यक्ष तिलक घिमिरेको अध्यक्षता तथा अभियानका पालिका इन्चार्ज लुम्बिनी प्रदेशका सचिव कृष्ण अधिकारी ‘प्रकाश’को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया