दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, प्रहरीको भ्यानमा समेत तोडफोड

 

 

दाङ – दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ। तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको यात्रुबहाक बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको हो।

सोमबार अपराह्न ४ बजे भे १ ख ३६९७ नं। को बसको ठक्करबाट दुधरास विद्यालयमा कक्षा ३ मा अध्ययनरत ८ वर्षीय उत्तम चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

तुलसीपुर उपमहानगरपालिका–१७ घर भएका बालकलाई स्कुलबाट घर फर्किने क्रममा विद्यालयअगाडि नै बसले ठक्कर दिएको थियो।

 

घटना पछि घोराही तुलसीपर सडकखण्ड अवरुद्ध गर्नुको साथै विद्यार्थी अभिभावकहरुले नाराबाजीसहित ठक्कर दिने गाडी तोडफोड गरेका छन् भने प्रहरीको भ्यानमा समेत क्षति पुगेको छ।

 

तपाईको प्रतिक्रिया