
तुल बहादुर कवँर मगर
देउखुरी । निलसागर सेवा आश्रम दाङ द्वारा राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ्ग क्षेत्र बाट २ जना सडक सहयोगापेक्षी मानवको उद्वार गरिएको छ।
आश्रमले सोमबर दिउँसो उनीहरूलाई प्रहरीको सहयोगमा उद्वार गरेको हो। उद्वार गरिएका ६० वर्ष भन्दा माथिका एक नेपाली सहित २ जना पुरुष रहेका छन्।
उनीहरूलाई उद्वार गरि आश्रमको कार्यालय राप्ती गाउँपालिका ८ पिपरीमा राखिएको आश्रमका कार्यवाहक अध्यक्ष गरिबु चौधरीले जानकारी दिनुभयो ।
आश्रममा अहिले ५ महिला सहित २८ जना सडक सहयोगापेक्षी मानवहरु रहेका छन् ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया