बुटवलमा विद्युत महशुल बक्यौता हुदा राप्ती उपत्यकामा रहेको मन्त्रालयको विद्युत काटियो, स्वास्थ्य मन्त्रालय विजुली विहिन

 

 

दाङ–लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय विद्युत विहिन भएको छ । नेपाल विद्युत प्राधिकरणले मन्त्रालयमा जडान भएको विद्युत लाईन कटौती गरेपछी मन्त्रालय विद्युत विहिन हुन पुगेको हो ।

स्वास्थ्य मन्त्रालयको नाममा वुटवलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछी राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत कनेक्सन काटिएको नेपाल विद्युत प्राधिकरण लमही शाखाले जनाएको छ ।

कार्यालय प्रमुख युवराज रावतका अनुसार बुटवलमा मन्त्रालयको नाममा जडान भएको विद्युतको बाँकी बक्यौता महशुल दुई लाख ७२ हजार दुई सय ६४ रुपैयाँ ४४ पैसा भुक्तानी गर्न बाँकी छ । सो रकम भुक्तानी गर्ने बिषयमा मन्त्रालयले कुनै जिम्मेवारी नभएपछी बाध्य भएर राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत कटौती गर्नुपरेको दावी रावतको छ ।‘बुटवल कार्यालयबाट पटकपटक पत्राचार भए अनुसर हामीले यहाँबाट मन्त्रालयको विद्युत काट्नुप¥यो’रावतले भने,‘यहाँ मन्त्रालयको नाममा जडान भएको विद्युतको एक रुपैयाँ पनि बाँकी बक्यौता छैन् । बुटवलको रकम नतिर्दा यहाँबाट विजुली काट्नुप¥यो ।’

राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयमा मंसिर ५ गते विद्युत काटिएको हो । हाल सम्म विजुली जडान नहुदा मन्त्रालयको कामकाज प्रभावित छ । बुटवल स्वास्थ्य मन्त्रालय बसेको कार्यालयमा गैर सरकारी संस्थाको कार्यालय रहेका छन् । यता स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर जनार्दन शर्माले विना जानकारी बिजुली काटिएको बताए । ‘पत्र पठाएको २४ घण्टा भित्र बिजुली काटियो । पैसा नतिर्ने भन्ने हुन्न’ सचिवले भने ‘महशुल भुक्तानीको लागि काम हुदै छ ।

तपाईको प्रतिक्रिया