निरला अर्याल

जुम्लाको १३ वर्षिय विपना दास कक्षा ८ मा पढ्नु हुन्छ । सानो उमेरमा बुबा आमाको मृत्यु पछि अभिभावक विहिन बन्नु भएको दास अहिले भने तुलसीपुर उपमहानगपालिका १३ अम्बापुरमा रहेको ‘माया सदनमा’ बस्दै आउनु भएको छ। जता ततै बड़ा दसैँको उमङ्ग छ तर विपनालाई भने बडा दसैं ले छुन सकेको छैन ।
शनिबार रोट्रयाक्ट क्लव अफ तुलसीपुरले लत्ता कपडा र खाद्यान्न लिएर सदनमा पुगेपछि दसैँ आयको होकी भन्ने महसुस गर्नु भयो । रोट्रयाक क्लवले विपनाको लागि कुर्थि लेगिज र खाने कुरा दिए पछि साँच्चिकै दसैँ आयको रहेछ भन्ने लाग्यो उहाँले भन्नु भयो । माया सदनले माया दिएर हुर्काएको विपनालाई रोट्रयाक्टले दसैं मा उपहार दिएपछि निक्कै खुसी हुनुभयो ।
विपना जस्तै आमा बुबा विहिन बाजुराका खगेन्द्र गिरीको पनि खुसीको सीमा छैन् । सदनमा गएर क्लवले गिरीको लागि नयाँ कपडा खाने कुरा दिएपछि आमा बुबा भएको जस्तै भएको छ हर्षका आँसु बगाउँदै भन्नुभयो। सानो उमेरमा आमा बुबाको मृत्यु भयो । विगत ४ वर्ष देखि माया सदनमा बस्दै आएको छु अहिले कक्षा ७ मा पढ्छु । परिवारमा आमा बुबाको निधन पछि जुन चाडवाड आय पनि आफूलाई कुनै चाडबाडलाई नछुने गरेको उनको गुनासो थियो तर रोट्रयाक्ट क्लव ले दिएको चाडबाडको कोसेलीले आफूलाई मात्र होइन सदनमा आश्रित सबै जनालाई दसैं आयको महसुस भयो उहाँले भन्नुभयो। यदि माया सदन नभएको भए म अहिले चोक र गल्लीहरू चाहरदै हिँड्थे होला । अनि यो कोसेली पनि पाउने थिएन । गिरी अहिले भन्ने कसरी राम्रो पढ्ने र दुखी गरिबको बारेमा काम गर्ने भन्ने सोचिरहनु भएको छ ।

म जस्तै माया सदनमा २३ जना बस्नु हुन्छ । जसले सुनौलो भविष्य कोरेको हुम्लाको एक किशोरीले भन्नु भयो । जसले सदनमा रहेर सुनौलो भविष्य कोरिरहनु भएको छ । अहिले सदनमा १५ जना किशोरी र ८ जना किशोर रहेका छन् भने सुस्त श्रवण भएका ६ जना बालबालिका रहेको सदनका इन्चार्ज हरिश पाण्डेले जानकारी दिनु भयो ।
जुम्लाबाट स्थापना भएको माया सदन दाङ लगाएत अन्य ७ जिल्लाहरूमा सेवा दिँदै आएको छ । आफू माया सदनबाट हुर्किएर अनाथ हरुको सेवाको लागि समर्पित हुँदै आयको इन्चार्ज पाण्डेले बताउनु भयो । रोट्राक्ट क्लव अफ तुलसीपुर का अध्यक्ष ईनुप भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ तुलसीपुरका पुर्व अध्यक्ष बिमल रिजाल, रोट्राक्ट क्लव अफ तुलसीपुर पुर्व अध्यक्ष सँदिपन्न रिजाल, हेमराज बस्नेत, नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा दाङ्ग का उप सभापति हरिहर पौडेल लगायतकाले अनाथ, असाहय र निम्न वर्गहरूको लागि रोट्रयाक्ट हरपल तयार रहेको बताउँदै शुभकामना प्रदान गर्नु भयो।
रोट्राक्ट क्लव अफ तुलसीपुर उपाध्यक्ष आकाश सिंहको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण क्लबका महासचिव किरण पुनले गर्नुभएको थियो । क्लवले २३ जना बालबालिकाको लागि नयाँ कपडा, खाद्यान्न तथा मेडिकल कीट प्रदान गरेको हो ।
रोट्राक्ट क्लव अफ तुलसीपुर का सह सचिव प्रभास श्रेष्ठ, रोट्राक्ट क्लव अफ तुलसीपुर का पुर्व अध्यक्ष रुपेश शर्मा लगायतकाले सौजन्य गर्नु भएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया