
जगत खनाल
दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेपाललाई बलियो बनाउन बलियो राष्ट्रिय राजनीतिक शक्ति बनाउन जरुरी रहेको बताएका छन ।
नेपका एमाले दाङ जिल्ला कमिटीले आयोजना भएको दशै मिलन कार्यक्रममा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन ।
केपि वलिको सरकार पछि बनेका सरकारले बजेट बनाउदा केही ब्यापारीक हरुको चलखेलको कारण आज नेपालमा आर्थिक मन्दी आएको पनि बताएका थिए । सुन तस्करी नियन्त्रण गर्न नसक्दा र नेपाली पैसा बाहिर गएको कारण पनि आर्थिक संकट आएको बताउदै महासचिव पोख्रेलले भने ‘तस्करीतन्त्रलाइ प्रोत्साहन गर्दा अर्थतन्त्रमा ठुलो असर पुग्यो ।’
अहिलेका नया पार्टी प्रती कक्षाट गर्दै महासचिव पोख्रेलले पपुलिस्ट हौ भन्ने हरुले देशको बिकास गर्न सक्दैन पपुलिस्टहरुले जनताको भावना खेल्ने मात्र काम गरेको बताए । दाङ जिल्ला बिकासमा बाधा रहेको क्षेत्रीयता बादि सोचको चर्को आलोचना गरेका पोख्रेलले जिल्ला बिकासको लागि सबै एकजुट हुनु पर्ने बताए ।
एमाले जिल्ला अध्यक्ष हुकुम बस्नेतको अध्यक्षमा भएको कार्यक्रमको संचालन जिल्ला सचीव मनोहर बुढाथोकीले गरेका थिए ।
