बंगलाचुली अटो रिक्सा दुर्घटनाका घाइतेलाई एमाले सचिव बुढाथोकीद्धारा भेट, स्वास्थ्य लाभको कामना

 

 

दाङ –नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले बंगलाचुलीमा भएको अटो दुर्घटनामा परेका घाइतेहरुलाइ भेट गर्नु भएको छ । अटो दुर्घटना हुदा घाइते भएकाहरुको उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।

बंगलाचुली गाउँपालिका वडा नम्वर ५ झेलखोल भन्ने स्थानमा रा १ ह २४०१ नम्वरको अटो दुर्घटना हुँदा ५५ वर्षिया विवा बुढा मगरको घटना स्थलमै मृत्यु भएको थियो । उहाँका तिन छोरा र एक छोरीको उपचार भइरहेको छ ।

दुर्घटनामा परी बंगलाचुली गाउँपालिका वडा नम्वर ५ झेलखोल निवासी एकै परिवारका वर्ष ३६ का मतिराम बुढा,वर्ष ३० का ऋखिराम बुढा, वर्षा ४० का मान बहादुर बुढा र वर्ष २६ का हिरा घर्ती घाईते हुनुहुन्छ । उहाँहरुको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया