आरएन टि–२० क्रिकेटको उपाधी लक्की स्टार क्लवले जित्यो

दाङ–देउखुरीको नर्तीमा आयोजना गरिएको आरएन टि–२० क्रिकेट प्रतियोगीताको उपाधी लक्की स्टार क्लवले हात पारेको छ ।

 

तुलसीपुर रोयल भमके क्लव विच भएको खेलमा एक विकेटले लक्की स्टार क्लवले जीत हाँसील गरेको हो । उपाधी हात पारेको लक्की स्टारले ४० हजार सहित प्रमाणपत्र, मेडल र टफी पनि जितेको छ ।

दोस्रो भएको तुलसीपुर रोयल भमकेले २० हजार सहित प्रमाणपत्र, मेडल र टफी प्राप्त गरेको आयोजक आरएन प्रोडक्सन हाउसका अध्यक्ष प्रदिप खनालले जानकारी दिएका छन् ।

गत असोज १५ गते देखी नर्ती खेल मैदानमा प्रतियोगीता हुदै आएको थियो । शनिबार प्रतियोगीताको फाइनल खेल र समापन गरिएको छ ।‘राष्ट्रका लागी खेलकुद–स्वास्थका लागि खेलकुद’ भन्ने मुल नाराका साथ दशैं मिलन तथा खेलकुद कार्यक्रम आयोजना गरिएको थियो । प्रतियोगितामा कुल १९ टिम सहभागी रहेका थिए ।

प्रतियोगिताको समापनमा लुम्बिनी प्रदेश सभा सदस्य अनुराग खड्का , लमही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेल लगाएतको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया